नेपाली सेनालाई भारतले दियो ६ वटा लाइट स्ट्राइकिङ गाडी र घोडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा भेटवार्ता गर्दै विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेका छन् ।

सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा विदेश सचिव मिस्रीले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइकिङ भेइकल, ६ वटा सैनिक घोडा, प्रजनन प्रयोजनका लागि २ वटा सैनिक कुकुर र चिकित्सकीय उपकरण हस्तान्तरण गरेका हुन् ।

भारतीय दूतावासका अनुसार, यस किसिमको सहयोगले नेपाल–भारत दुबै सेनाबीचको निकट सम्बन्ध र मजबुत रक्षा सहकार्यलाई झल्काउँछ ।

सामग्री हस्तान्तरणअघि मिस्रीले प्रधानसेनापति सिग्देलसँग दुई पक्षीय हित र सैन्य सम्बन्धबारे छलफल गरेका थिए ।

नेपाल आगमनका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरिसकेका छन् ।

विदेश सचिव मिस्री आजै दिउँसो भारत फर्कने कार्यक्रम छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।