प्रभु बैंकका ग्राहकले जोय स्टोरमा आईफोन किन्दा छुट पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई जोय स्टोरको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी तथा ग्राहकले आईफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत र २० प्रतिशत आईफोन र म्याकबुक सामानहरूमा छुट पाउने भएका छन् ।

र क्रेडिटकार्ड होल्डरहरूलाई इन्स्रट्रपे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवा सुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।