सामसङले नेपाली बजारमा ल्यायो नयाँ ‘भिजन एआई’ टिभी, कति पर्छ मूल्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्यूएलईडी टिभीको नयाँ लाइनअप सार्वजनिक गरेको छ। यसमार्फत नेपाली उपभोक्ताले सामसङको क्रान्तिकारी ‘भिजन एआई’ प्रविधिको अनुभव गर्न सक्नेछन्। कम्पनीका अनुसार यो नयाँ पुस्ताको एआई क्षमताले टेलिभिजनसँगको सम्बन्धलाई पुनः परिभाषित गर्दै दैनिकीलाई अझ समृद्ध बनाउन मद्दत गर्नेछ।

सामसङ भिजन एआईको अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई कृत्रिम बुद्धिमत्तामार्फत अझ जीवन्त र व्यक्तिगत बनाउँछ। यो प्रविधि तीन आधारभूत स्तम्भमा आधारित छ— एआई मोड, एआई एक्स्पिरिएन्स, र मल्टी–डिभाइस कनेक्टिभिटी।

एआई मोडमार्फत वरिपरिको वातावरण र हेर्दै गरिएको कन्टेन्ट अनुसार वास्तविक समयमा तस्वीर र आवाज समायोजन हुन्छ। एआई एक्स्पिरिएन्सले प्रयोगकर्ताको बानी सिक्दै कन्टेन्ट सुझावदेखि सेटिङसम्म व्यक्तिगत बनाउँछ। मल्टी–डिभाइस कनेक्टिभिटीले टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य स्मार्ट उपकरणसँग सहजै जडान गर्न सकिन्छ।

सामसङ नेपालका सीई बिजनेस हेड मिलन कुमार झाले भने, “सामसङ भिजन एआईले स्क्रिन अनुभवलाई पूर्ण रूपमा प्रयोगकर्तामुखी बनाएको छ। हाम्रो नयाँ एआई टिभीहरूले घरमै सिनेमाजस्तो अनुभव दिनेछन् र प्रिमियम टिभी बजारमा हाम्रो नेतृत्वलाई अझ बलियो बनाउनेछन्।”

नयाँ पुस्ताका प्रमुख फिचरहरू

युनिभर्सल जेस्चर कन्ट्रोल : अब रिमोट बिना नै हातका इशारामार्फत टिभी सञ्चालन गर्न सकिन्छ।

एआई अप्स्केलिङ : कम रिजोलुसनको कन्टेन्टलाई फोर के गुणस्तरमा रूपान्तरण गर्छ।

जेनेरेटिभ वलपेपर : निष्क्रिय स्क्रिनलाई व्यक्तिगत कला–क्यानभासमा बदल्छ।

पेट एण्ड फेमिली केयर मोड : घरपालुवा वा बच्चाको असामान्य गतिविधि पत्ता लगाएर सचेत गराउँछ।

स्मार्टथिङ्स हब : टिभीलाई स्मार्ट होम कन्ट्रोल सेन्टरमा रूपान्तरण गर्ने क्षमता।

सुरक्षा : सामसङ नक्स प्लेटफर्ममार्फत व्यक्तिगत डेटा र गोपनीयताको मजबुत सुरक्षा।

मोडेल र मूल्य

नयाँ क्यूएलईडी फोर के लाइनअपमा QA85Q7F, QA75Q7F, QA65Q8F र QA55Q8F मोडेलहरू उपलब्ध छन्।

८५ इञ्च QA85Q7F – रु ३९९,९९०

७५ इञ्च QA75Q7F – रु २८९,९९०

६५ इञ्च QA65Q8F – रु २५५,९९०

५५ इञ्च QA55Q8F – रु १८२,९९०

यसका साथै, सामसङले नयाँ UHD, FHD र HD टिभी मोडेल पनि बजारमा ल्याएको छ, जसको मूल्य रु ३८,९९० देखि सुरु हुन्छ।

ईएमआई सुविधा र अफर

ग्राहकहरूले नयाँ सामसङ क्यूएलईडी टिभी इन्स्टा फाइनान्स सेवा (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड) मार्फत मासिक रु ९,९२७ बाट सुरु हुने ०% ब्याजदरमा ईएमआई मा प्राप्त गर्न सक्नेछन्। प्रक्रिया सजिलो छ, जसका लागि नागरिकता मात्र आवश्यक हुन्छ। साथै, पुराना टिभी साटासाट गरेर पनि नयाँ मोडेल लिन सकिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।