नेशनल लाइफको नाफा ४१.२८ करोड, जीवन बीमा कोषमा ८९.९१ अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ४१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवमा ९४ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ५६.२२ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा ८९ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषमा ७९ अर्ब १ करोड २८ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार १३.८० प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनीले समीक्षा वर्षमा समीक्षा वर्षमा २१ अर्ब ८२ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६.५० प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २० अर्ब ४९ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा वर्षमा कम्पनीले गत आवमा २१ अर्ब ४७ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले २० अर्ब ६ करोड १५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समिक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.०३ प्रतिशतले बढेको छ ।

गत आवमा कम्पनीको रिटेन्ड अर्निङमा ५१ करोड १ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ७० करोड ६५ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा ६६ करोड ७२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा ६२ करोड ३५ लाख रुपैयाँ थियो । कम्पनीको अन्य इक्विटीमा ४२ करोड १४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा अन्य इक्विटीमा ३९ करोड १२ लाख रुपैयाँ थियो ।

समिक्षा वर्षमा कम्पनीको शेयरपुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ७.९२ रुपैयाँ कायम भएको छ । आवमा कम्पनीकाे ईपीएस १८.८१ रुपैयाँ थियो । त्यस्तै कम्पनीको पिई रेसियो ७८.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९.७२ रुपैयाँ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।