काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आज साउन ३० गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको हो ।
लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये १ हजार १५५ कित्ता कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र २३ हजार १०० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।
अब १ करोड ९५ लाख १९ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार १९५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
यसमा आवेदन दिंदा कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिनेछ। यसर्थ कम्तीमा १ हजार र बढीमा ५ लाख रुपैयाँ लाग्नेछ। आवेदन दिने अन्तिम मिति भदौ ३ गते रहेको छ।
कम्पनीको आईपीओलाई ईक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बी एटदरेट’ रेटिंग दिएको छ जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी भएका सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर एप प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
Comment