नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई सारंग हेल्थ केयरमा विशेष छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुर बखुन्डोलस्थित सारंग हेल्थ केयरसँग विशेष सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत एनआइएमबी डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरू र एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरको स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस विशेष छुट लिनका लागि ग्राहकहरूले एनआइएमबी डेबिट/क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले ल्याब सेवामा १० देखि १५ प्रतिशतसम्म छुट, कल्चर तथा विशिष्ट परीक्षणमा ७ प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै, इसीजी, युएसजी, इको, एन्डोस्कोपी, कोलोनोस्कोपी र कोल्पोस्कोपी सेवामा पनि ७ प्रतिशत छुट पाउन सक्नेछन्।

बैंकले ग्राहकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।

यस किसिमका सहकार्यहरूले ग्राहकहरूलाई सहज र किफायती दरमा गुणस्तरीय स्वास्थ्य सेवा लिन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।