काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गमार्फत यात्रा गर्ने सवारी साधनको हकमा (टोलगेट) शुल्क तोकेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शुल्क निर्धारणको निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार जानकारी दिए ।
जसअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रने कार, भ्यानले ६५ रुपैयाँ र काठमाडौंबाट फर्कदा ६० रुपैयाँ तिर्नुपर्ने छ ।
यस्तै नागढुङगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउने मिनी बस र ट्रकले ११५ र फर्कदा ८० रुपैयाँ, काठमाडौं आउने ठूला बस र ट्रकले २६० र फर्कदा २०० रुपैयाँ तिर्नु पर्ने छ ।
Comment