अफरोड प्रेमीका लागि ग्रेट वाल मोटर्सले नेपालमा ल्यायो ट्याङ्कका दुई सिरिज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्रेट वाल मोटर्स नेपाल (जिडब्लुएम नेपाल) ले नेपाल अटोमोबाइल उद्योग संघ (नाइमा) द्वारा आयोजना गरिएको पहिलो संस्करणको “मोबिलिटी एक्स्पो २०२५” मा विश्वव्यापी रूपमा प्रशंसित ट्याङ्क ब्रान्डलाई नेपाली बजारमा पहिलो पटक भव्य रूपमा सार्वजनिक गरेको छ।

ट्याङ्क ब्रान्ड साहसिकता, नवीनता र प्रिमियम स्पोर्ट युटिलिटी सवारी (एसयूभी) निर्माणको प्रतीक मानिन्छ। यस अन्तर्गत नेपालमा लक्जरी ७ सिटर ट्याङ्क ५०० र दमदार ५ सिटर ट्याङ्क ३०० सार्वजनिक गरिएका छन्। यी दुबै सवारी अत्याधुनिक प्रविधिसहित आएका छन् जहाँ ट्याङ्क ५०० मा प्लगइन हाइब्रिड प्रविधि र ट्याङ्क ३०० मा हाइब्रिड प्रविधि उपलब्ध छ।

ट्याङ्क ब्रान्डको यात्रा सन् २०२१ मा चीनको चेङ्दु अटो शोबाट सुरु भएको थियो। त्यसपछि २०२२ मा चीनमा आधिकारिक रूपमा लन्च भएपछि यो ब्रान्ड इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्यान्डजस्ता प्रमुख बजारहरूमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ। हालसम्म लगभग चार लाख युनिट बिक्री भइसकेको ट्याङ्क ब्रान्ड अफ-रोड प्रेमीहरूको नयाँ रोजाइ बनेको छ।

नेपालमा ट्याङ्क ब्रान्डको प्रवेश केवल बजार विस्तारको लक्ष्य होइन, अफ-रोड संस्कृतिमा नयाँ अध्याय सुरु गर्ने महत्त्वपूर्ण कदम पनि हो। नेपाली भूगोलको आवश्यकताअनुसार यी गाडीहरू हिमाली बाटोदेखि शहरी सडकसम्म सजिलै यात्रा गर्न सक्षम छन्।

ट्याङ्क ब्रान्ड केवल सवारीसाधन होइन, यो जीवनशैलीको छनोट हो। यसले प्रविधि, प्रयोगकर्ता र नवीन ट्रेन्डको सन्तुलित मिश्रण प्रस्तुत गर्छ। ‘टी’ ट्याङ्क, प्रविधि र ट्रेन्डका लागि हो भने ‘यु’ प्रयोगकर्ता र एकताका लागि हो।

ट्याङ्क ३०० मा २.० लिटर टर्बो पेट्रोल इञ्जिन छ जसले अधिकतम ३५१ पिएस शक्ति र ६४८ एनएम टर्क उत्पादन गर्छ। यसमा ९-स्पिड अटोमेटिक ट्रान्समिसन समेत उपलब्ध छ। ट्याङ्क ५०० मा पनि २.० लिटर टर्बो पेट्रोल इञ्जिन छ, तर यसको अधिकतम शक्ति ४०८ पिएस र टर्क ७५० एनएम छ। यसमा पनि ९-स्पिड अटोमेटिक ट्रान्समिसन छ।

यी दुबै गाडीहरूमा अत्याधुनिक सुरक्षा प्रणाली, आरामदायी सिट, परिष्कृत सस्पेन्सन र प्रविधियुक्त ड्यासबोर्ड जस्ता सुविधा उपलब्ध छन्। यी विशेषताहरूले नेपाली उपभोक्तालाई शक्ति, विलासिता र नवीनताको उत्कृष्ट अनुभव दिन्छन्।

ट्याङ्क ३०० हाइब्रिडको प्रारम्भिक मूल्य रु. १ करोड ५९ लाख ९९ हजार रहेको छ भने ट्याङ्क ५०० प्लगइन हाइब्रिडको मूल्य रु. २ करोड १५ लाख ९९ हजार तोकिएको छ।

शहरको सहज यात्रा देखि हिमालको चुनौतीपूर्ण बाटोसम्म ट्याङ्क सिरिजले केवल साधारण सवारी होइन, अनुभवको नयाँ यात्रा प्रस्तुत गर्छ। नेपाली बजारमा ट्याङ्कको आगमनले अफ-रोड युगमा नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।