​​​​​​​एनएमबि बैंकको नाफा ३.२८ अर्ब रुपैयाँ, लाभांश क्षमता १०.४० प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एनएमबि बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४६.२२ प्रतिशत बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत बढेर ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब २१ करोड ६७ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१.३० प्रतिशत बढेर २ अर्ब १८ करोड १७ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १४ प्रतिशत बढेर १८ अर्ब ८८ करोड १६ लाख ६२ हजार रुपैयाँ, सञ्चालन नाफा ६४.४६ प्रतिशत बढेर ५ अर्ब ३५ करोड २ लाख ७ हजार रुपैयाँ गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १०.४० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९ करोड २८ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो ।

समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र जगेडा कोष १५.२० प्रतिशत बढेर १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन २५.४४ प्रतिशत बढेर २ खर्ब ८० अर्ब ९२ करोड ६६ लाख ६८ हजार रुपैयाँ र कर्जा लगानी २७.९१ प्रतिशत बढेर २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ गरेको छ ।

अघिल्लो वर्ष बैंकले २ खर्ब २३ अर्ब ९४ करोड २५ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ३० करोड ४१ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ५.६५ रुपैयाँ बढेर १७.८७ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७६.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ ।

गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.७२ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.६६ प्रतिशत छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।