समस्याग्रस्त सिभिल सहकारीको सोल्टीमोडस्थित १ रोपनीभन्दा बढी जग्गा लिलामीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समस्याग्रस्त सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको सोल्टीमोडस्थित सिभिल कम्प्लेक्स अगाडिको करिब १ रोपनी पार्किङ जग्गा बाग्मती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लिलामीमा निकालेको छ।

बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङसहितका सञ्चालकको सम्पत्ति बिक्री गरी बचतकर्ता रकम फिर्ता गर्न लिलामी प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

५२५.९५ वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त जग्गाको न्यूनतम मूल्य प्रतिआना ७५ लाख तोकिएको छ। न्यूनतम मूल्यमा नघट्ने गरी गोप्य सिलबन्दी बोलपत्र ३५ दिनभित्र समितिको कार्यालयमा पेश गर्न सकिनेछ।

समितिका अनुसार, जग्गा खरिदका इच्छुकले तोकिएका विभिन्न सर्तहरू पूरा गरी फारम भर्नुपर्नेछ। यसअघि बाग्मती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले सिभिल सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सम्पत्ति र दायित्व राफसाफको जिम्मा व्यवस्थापन समितिलाई दिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।