नेपाली महिला युवा टोलीले उत्तर कोरियाको सामना गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भुटानमा जारी एसीसी महिला अन्डर ट्वेन्टी एसियन कप छनोटमा नेपालले आज बलियो टोली उत्तर कोरियासँग खेल्दैछ। उत्तर कोरिया यू-२० एसियन कपको च्याम्पियन पनि हो।

आजको खेलमा नेपालले जितको लक्ष्य लिएको छ। महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले अन्तिम खेललाई ध्यानमा राखेर साउदी अरेबियाविरुद्धको शुक्रवारको खेलमा पाँच परिवर्तन गरेको बताएका छन्।

शुक्रवारको खेलमा उनले पाँच खेलाडीलाई सुरुआति ११ मा अवसर दिए पनि दोस्रो हाफमा उनीहरूलाई प्रतिस्थापन गरेका थिए।​ साउदी अरबविरुद्ध नेपालले एक शून्यको साँघुरो जित निकालेको थियो।

एसियन कपमा छनोट हुने सम्भावना बाँकी रहेको कारण नेपालले उत्तर कोरियासँग उत्कृष्ट प्रदर्शनसहित नतिजा आफ्नो अनुकुलमा आउनु पर्नेछ। नेपाल समूह विजेता अथवा उत्कृष्ट दोस्रो टिम बन्न सफल भए एसियन कपमा छनोट हुनेछ।

खेल थिम्पुस्थिति चाम्लिङ्थाम रंगशालामा दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपालले दुई खेलबाट चार अंक बनाएको छ। पहिलो खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। उत्तर कोरियाले भने साउदी अरबलाई १५–० र भुटानलाई १०–० गोलले हराएको थियो।

समूह एमा रहेका भुटान र साउदी अरबको खेल पनि आजै हुँदैछ। दुई खेल खेलेको भुटानको एक अंक रहेको छ भने साउदी अरब अंकविहीन छ।

 

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।