४३.३८ प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कृषि विकास बैंकले अहिलेसम्मकै इतिहासमा सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण शनिवार प्रकाशन गरेको छ ।

बैंककले गत आवको चौथो त्रैमासमा ४ अर्ब १५ करोड ४४ लाख खुद मुनाफा गर्न सफल भएको छ । जुन गत आवको तुलनामा ४३.३८ प्रतिशत नाफा बढाउन सफल भएको छ ।

बैंकको सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि हुँदा खुद मुनाफा पनि बढेको हो । अघिल्लो आवमा ९ अर्ब ७६ करोड रहेको सञ्चालन मुनाफा यो वर्ष ११ अर्ब ८९ करोड पुगेको छ । त्यस्तै खुद व्याज आम्दानी ९ अर्ब ८२ करोड पु¥याउन सफल भएको छ ।

त्यस्तै बैंकले हालसम्मकै उच्च लाभांश क्षमता बढाउन सफल भएको छ । विवरण अनुसार बैंकसंग लाभांश क्षमता १८.५३ प्रतिशत रहेको छ । २ अर्ब ८७ करोड वितरणयोग्य मुनाफा रहेको छ ।

बैंकले कर्जा जोखिममा ध्यान दिँदा गैर–सञ्चालन कर्जा अनुपात घटेर ३ दशमलव २६ प्रतिशतमा ल्याउन सफल भएको छ । जुन अघिल्लो आवमा एनपीएल ३ दशमलव ९१ प्रतिशत पुगेको थियो ।

बैंकले गत आवमा २ खर्ब ९३ अर्ब ५७ करोड निक्षेप सङ्कलन गर्न सफल भएको छ भने २ खर्ब १३ अर्ब २ करोड कर्जा लगानी गरेको छ । बैंकको कुल सम्पत्ति हाल ३ खर्ब ६२ अर्ब ५० करोड पुगेको छ ।

प्रमुख वित्तीय सूचकहरू उल्लेख्य प्रगति गरेको कृषि बैंकको प्रतिसेयर आन्दानीमासमेत व्यापक सुधार गर्न सफल भएको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पु¥याउन सफल भएको छ । प्रतिशेयर नेटवर्क २४१ रुपैयाँ ४ पैसा पुगेको छ । बैंकको ब्याजदर स्प्रेड ३.९६ प्रतिशतमा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।