रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर रासायनिक मलको सहज आपूर्ति हुने र कुनै पनि किसानलाई अभाव नहुने जनाएको छ। मन्त्रालयका अनुसार हाल तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दातमा छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मार्गस्थ अवस्थामा रहेको छ।

मन्त्रालयले जनाएको अनुसार कृषि सामग्री कम्पनी लिमिटेडमा हाल २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ। यसमा युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी सात हजार ६५३ मेट्रिक टन र पोटास चार हजार ९१५ मेट्रिक टन रहेको छ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ। यसमा युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी नौ सय ४२ मेट्रिक टन र पोटास एक हजार ७८५ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ।

मार्गस्थ अवस्थामा रहेको एक लाख ४० हजार ५०४ मेट्रिक टन मलमध्ये कृषि सामग्री कम्पनीतर्फ ७८ हजार ३४९ मेट्रिक टन र साल्ट ट्रेडिङतर्फ ६२ हजार १५४ मेट्रिक टन छ। मन्त्रालयले चालु आर्थिक वर्षका लागि ६ लाख मेट्रिक टन मल व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। यसका लागि रु २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरिएको छ।

हालसम्म तीन लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको मन्त्रालयको भनाइ छ। गत आर्थिक वर्षको ३० हजार ९८३ मेट्रिक टन मल पनि मौज्दात छ, जसमा युरिया १९ हजार ९२३ मेट्रिक टन, डिएपी १० हजार ४४८ मेट्रिक टन र पोटास छ सय ११ मेट्रिक टन रहेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका अनुसार, “किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउने गरी सरकारले पर्याप्त पहल र तयारी गरेको छ।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।