काठमाडौं । गायक राजेश पायल राईको स्वरमा नयाँ गीत ‘छाती भित्र दुख्ने घाउ’ सार्वजनिक भएको छ।
ओएस म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा आशिष भट्टराईको शब्द र मोहन मडेनको संगीत रहेको छ। टेकेन्द्र यास्कोले म्युजिक एरेन्ज गरेका छन्।
बिछोडको पीडा प्रस्तुत गरिएको गीतको भिडिओमा सन्देश लाबुङ लिम्बू, जोनिसा गुरुङ, नरेन्द्र साम्पाङ राई र कोस्मी घलेको अभिनय देख्न सकिन्छ। भिडिओलाई राजा माबोले निर्देशन र राहुल राईले छायांकन गरेका छन्।
Comment