काठमाडौं। न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरु नियुक्तिका लागि सिफारिस गरेको छ।
परिषद्को आज (बिहीबार) बसेको बैठकले उच्च अदालतमा रिक्त रहेका २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिए।
उच्च अदालतमा न्यायाधीश नियुक्त भएका अधिकांश जिल्ला न्यायाधीशहरू रहेका छन्।
Comment