काठमाडौं । कुमारी बैंकले २ अर्ब बढी नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८१–८२ मा बैंकले नाफामा उल्लेख्य सुधार गरेको देखिन्छ ।
बिहीबार बैंकले प्रकाशन गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा बैंक २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । जबकि, अघिल्लो आवको सोही अवधिमा ४६ लाख रुपैयाँ मात्रै नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ । यसका आधारमा बैंकको नाफा ४५९.२९ गुणा बढेको देखिन्छ।
गत आवमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशत बढेर ११ अर्ब ५५ ४३ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको संचालन नाफा पनि ५२९.८७ प्रतिशतबाट बढेर ६ अबृ १३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । तर, वितरणयोग्य नाफा भने २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ ऋणात्मक देखिन्छ । यो वर्ष पनि बैंकले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा छ ।
हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ८.०७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ कायम भएको छ ।
बैंकको व्यवसायमा भने त्यति चमक देखिएको छैन । गत आवमा बैंकको निक्षेप संकलन ९.४६ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । तर, कर्जा प्रवाह भने २.७९ प्रतिशत घटेर २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा पनि ५.९६ प्रतिशतबाट बढेर ६.४२ प्रतिशत पुगेको छ ।
Comment