सुनको मूल्य ६ दिनमा ५ हजार ६ सयले बढ्यो, आज तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार(आज) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यसअघि बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । तर, पछिल्ला ६ दिनमा भने सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । गत शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन ६ दिनको अवधिमा ५ हजार ३ सय रुपैयाँले बढेको छ ।

यसअघि मंगलबार सुनको मूल्य हालसम्मकै उच्च विन्दु १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३०५ रुपैयाँमा रहेको चाँदी आज १० रुपैयाँ बढेर २ हजार ३१५ रुपैयाँमा पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।