काठमाडौं । नेपाली फिल्म क्षेत्रलाई एकसाथ दुई बहुप्रतीक्षित चलचित्रले पुनः तातो बनाउँदैछन्। साउन २३ गतेदेखि दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउँदैछन्। दुवै फिल्मका लागि अग्रिम बुकिङ खुला भइसकेको छ।
देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दुबै फिल्मलाई पहिलो दिनका लागि लगभग समान संख्यामा शो प्रदान गरेको छ। क्यूएफएक्सले काठमाडौं भित्र ‘सिटामोल’लाई १५ शो र ‘मोहर’लाई १४ शो दिएको छ।
त्यस्तै दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले ‘मोहर’लाई १२ शो र ‘सिटामोल’लाई ११ शो दिएको छ। वान सिनेमाजले दुवै फिल्मलाई समान रूपमा ६र६ शो उपलब्ध गराएको छ। अन्य हलहरूमा पनि दुवै फिल्मले राम्रो शो संख्या पाएका छन् भने केही मल्टिप्लेक्सहरूले अझै शो तालिका खुलाउने बाँकी छ।
८८‘सिटामोल’८८लाई निर्देशक राजबहादुर सानेले निर्देशन गरेका हुन्। फिल्ममा सौगात मल्ल र बेनिशा हमालको प्रमुख भूमिका छ। सामाजिक विषयमा आधारित यस फिल्मले दर्शकको मन छुन सक्ने अपेक्षा गरिएको छ।
उता, लेखक तथा निर्देशक ओम प्रतीकको फिल्म ‘मोहर’ मा पल शाह, नीति शाह र बेनिशा हमाल मुख्य भूमिकामा छन्। प्रेम, संघर्ष र आत्म(समर्पणको कथामा आधारित ुमोहरुले युवा पुस्ताको कथा बोकेको बताइएको छ।
दुवै फिल्मले नेपाली फिल्म बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। दर्शकहरुको रोजाइमा कुन फिल्मले बढी स्थान बनाउँछ भन्ने उत्सुकता बढ्दो छ।
Comment