काठमाडौँ । बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ ले प्रचार अभियान सशक्त बनाउँदै चार मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक पोस्टरमा अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र निर्देशक सन्तोष सेन देखिएका छन्।
निर्देशक सेनले हेमन्त बुढाथोकीलाई “कथाको हड्डी नै काँप्ने पात्र” भन्दै प्रस्तुत गरेका छन् भने अर्पण थापाको पात्र “आँखाबाट बोल्ने” खालको रहेको उल्लेख गरेका छन्। ऋचा शर्मा समाजको प्रतिनिधित्व गर्ने भूमिकामा देखिनेछिन् भने सेन स्वयं पनि प्रभावशाली भूमिकामा देखिनेछन्।
यसअघि समीर भट्ट, कविता राय र सौगात मल्लको पोस्टर र प्रि–टिजर सार्वजनिक भइसकेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माताको रूपमा रहेका चलचित्र ‘बलिदान’ लाई फरक कथावस्तु र सशक्त प्रस्तुतीकरणमार्फत नेपाली सिनेमाको छुट्टै पहिचान बनाउने लक्ष्य लिइएको निर्देशक सेनले बताएका छन्।
Comment