महिन्द्राको एसयूभी ‘बीई सिक्स’ नेपाली बजारमा, मूल्य ५७ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महिन्द्राले बीई-सिक्स इलेक्ट्रीक कुप्पे एसयूभी नेपालमा बिक्री सुरू गरेको छ । कम्पनीले आजबाट सुरू भएको नाइमा मोबिलिटी एक्स्पोमा बीई-सिक्स सार्वजनिक गरेको हो ।

बीई सिक्सको प्याक वानको मूल्य ५७ लाख, प्याक टुको मूल्य ६० लाख र प्याक थ्रीको मूल्य ६७ लाख कायम भएको हो ।

निकै सार्प लुक्समा देखिएको बीई-सिक्सलाई ५९ किलोवाट आवरको ब्याट्री दिइएको छ । महिन्द्राले १७५ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्नेगरी यसलाई बजारमा ल्याएको हो ।
महिन्द्राले प्योर ईभी प्लेटफर्ममा ल्याएको बीई-सिक्समा फ्लस डोर ह्याण्डल, बडीमा प्रसस्तै एजहरूको प्रयोग र एलईडी लाइटको व्यापक प्रयोग गरिएकाले डिजाइन अनुसार फ्यूचरस्टिक लाग्छ ।

साइजमा चल्तीका कम्प्याक्ट एसयूभी सरह रहेको बीई-सिक्सको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । महिन्द्राले इनग्लो प्लेटफर्ममा तयार पारेको नयाँ कुप्पे डिजाइन एसयूभीमा पृथक लुक्स दिने १९ इन्चको ह्वील अप्सन पाउन सकिन्छ ।

२०७ एमएम अग्लो उच्च ग्राउण्ड क्लियरेन्स भएको बीई-सिक्समा ४५५ लिटर क्षमताको बुट स्पेस पाउन सकिन्छ । यसको इन्टेरियर पनि निकै आकर्षक देखिएको छ । १२.३ इन्चका ड्युल स्क्रीनको कम्बिनेश उत्कृष्ट छ । यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा धेरै एपहरू इनब्यूल्ट छन् ।

क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तीव्र गतिमा चलाउन मिल्छ । फ्ल्याटबटम स्टेरिङ ह्वील, एयरक्फ्र्टमा हुने थ्रस्ट जस्तो आकारमा दिइएको मोड सेलेक्टर, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ ।

महिन्द्राले बीई-सिक्समा हर्मन कार्डनको १६ स्पीकर, ड्युल जोन क्लाइमेट कन्ट्रोल, मल्टीकलर एम्बियन्ट लाइट, ५ जी कनेक्टीभिटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग जस्ता फिचर उपलब्ध गराएको छ ।

भारतीय उत्पादकले लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीमा ल्याएको एसयूभीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ । यसको पीकटर्क भने ३८० न्यूटन मिटर छ ।

कम्पनीले ड्राइभिङ मोडको नाम रेन्ज, इभ्रीडे र रेस दिएको छ । लङ रेन्ज भर्सनले ५५० किमी डब्लूएलटीपी रेन्ज दिने बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।