नाइमा एक्स्पोमा एथरको नयाँ इलेक्ट्रिक स्कुटर रिज्ता जेड एमएक्स ०८ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय दुई पाङ्ग्रे इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको नयाँ मोडल ‘रिज्ता जेड एमएक्स ०८’ नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले राजधानीको भृकुटीमण्डपमा भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा स्कुटर सार्वजनिक गर्दै विक्री सुरु गरेको हो।

कम्पनीले स्कुटरको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ। स्कुटरमा ३.३ किलोवाट क्षमताको रेटेड मोटर पावर र ३.७ किलोवाटअवर क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार, स्कुटरले पूर्ण चार्जमा १६० किलोमिटरको रेन्ज दिनेछ भने यसमा ट्र्याक्सन कन्ट्रोल जस्तो सुरक्षा सुविधा पनि समावेश गरिएको छ।

५६ लिटरको बुट स्पेस भएको यो स्कुटर आईपी ६७ सर्टिफाइड रहेको छ, जसले धुलो र पानीबाट सुरक्षाको विश्वसनीयता जनाउँछ। रिज्ता जेड एमएक्स ०८ को एस भेरियन्टमा डिपभ्यू एलसीडी ड्यास र जी भेरियन्टमा टीएफटी ड्यास उपलब्ध रहेको छ, जुन एथरका ४५० एस र ४५० एक्स लाइनअपमा प्रयोग भएका छन्।

कम्पनीले स्कुटरलाई ७ विभिन्न रंग विकल्पमा उपलब्ध गराएको छ। साथै, स्कुटरमा ‘जिप’ र ‘स्मार्ट इको’ नामक दुईवटा ड्राइभिङ मोड छन्। जिप मोडमा उच्च पिकअप प्राप्त हुने र स्मार्ट इको मोडमा पिकअप कम भए तापनि बढी रेन्ज प्राप्त हुने कम्पनीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।