‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु, ३५ वटा नयाँ ब्रान्ड लन्च हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को भव्य उद्घाटन बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको सगरमाथा हलमा सम्पन्न भएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पानसमा बत्ति बालेर एक्स्पोको औपचारिक सुरुवात गर्नुभयो। उद्योग क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रजहरुको उपस्थितिमा सम्पन्न उद्घाटन समारोहपश्चात् सर्वसाधारणका लागि प्रदर्शनी खुला गरिएको थियो।

मन्त्री पौडेलले नाइमाले छोटो अवधिमा यस्तो ठूलो प्रदर्शनी आयोजना गर्न सफल भएकोमा प्रशंसा गर्दै प्रदर्शनी व्यवस्थापन उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो। उहाँले भौतिक पूर्वाधार विशेषतः गुणस्तरीय सडक विकासमा सरकारको प्राथमिकता रहेको बताउँदै, यस्ता पूर्वाधार विना अटोमोबाइल क्षेत्रको प्रगति सम्भव नहुने उल्लेख गर्नुभयो।

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले नेपालकै सबैभन्दा ठूलो अटोमोटिभ प्रदर्शनी आयोजना भएको जानकारी दिँदै यो क्षण नेपालका लागि नयाँ अध्यायको सुरुवात भएको बताउनुभयो। उहाँले मोबिलिटी क्षेत्रले करिब १२ लाख ४० हजार मानिसलाई रोजगारी दिइरहेको र यस क्षेत्रले ७.१३ प्रतिशतजति राष्ट्रिय गार्हस्थ उत्पादनमा योगदान पुर्‍याइरहेको तथ्य प्रस्तुत गर्नुभयो।

एक्स्पो समितिका अध्यक्ष शिरीष कुमार मुरारकाले मोबिलिटी एक्स्पोलाई सफा, स्मार्ट र समावेशी यातायात प्रणाली निर्माणतर्फको सामूहिक प्रतिबद्धताको सुरुवात भएको उल्लेख गर्दै सबैको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।

५ दिने एक्स्पो साउन २५ गतेसम्म बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। पहिलो दिनमै १५,००० अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरुको आकर्षक सहभागिता रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।