अब अनलाइन मिडिया दर्ता र नवीकरण सूचना विभागबाट नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) को दर्ता तथा नवीकरण कार्य स्थगित गरेको छ। विभागले बुधबार सूचना जारी गर्दै नयाँ कानुनी व्यवस्था लागू भएसँगै यो प्रक्रिया रोकेको जानकारी दिएको हो।

विभागका अनुसार अब अनलाइन सञ्चारमाध्यमको दर्ता छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा संशोधन गरी थपिएको दफा ७(ख) अनुसार जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था गरिएको छ।

यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ अनुसार विभागमार्फत हुँदै आएको दर्ता तथा नवीकरण कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएकाले अस्थायी रूपमा रोकिएको विभागले स्पष्ट पारेको छ।

अब अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले तोकिएको दस्तुरसहित स्थानीय प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

विभागले राजपत्रमा प्रकाशित सूचना अनुसार अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थगन गरिएको जानकारी गराउँदै सम्बन्धित सबैलाई जानकारी गराएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।