म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ स्थित कुइनेमङ्गलेमा निर्माण भएको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ।
संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले १५ दिनको परीक्षण सफल भएपछि भदौ १ गतेदेखि पूर्ण क्षमतामा व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरेको छ।
हाल आयोजनाले १२.५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। उत्पादन घटबढ मेसिन परीक्षणका कारण भएको प्लान्ट म्यानेजर विनोद पौडेलले जानकारी दिए।
झण्डै तीन अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनामा गैरआवासीय नेपाली र नेपालीको ३० प्रतिशत र बाँकी बैंक तथा वित्तीय संस्थाको लगानी छ। विद्युत् राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
Comment