शर्मिला वाइबा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले वाइवालाई मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ गरेको हो ।

कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार, साइबर ब्युरोको पत्रका आधारमा वाइवालाई नियन्त्रणमा लिइएको हो । उनलाई विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले वाइवालाई पक्राउ गरी थप अनुसन्धानका लागि साइबर ब्युरो पठाइसकेको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।