नाडा अटो शो २०२५: प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले आगामी नाडा अटो शो २०२५ लाई प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजनका रूपमा प्रस्तुत गरिने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चौधरीले नेपाली अटोमोबाइल क्षेत्रले पछिल्लो समय उल्लेखनीय फड्को मारेको उल्लेख गर्दै, यही सन्दर्भलाई प्रतिबिम्बित गर्न अटो शोलाई विशेष ढंगले आयोजना गर्न लागिएको जानकारी दिए।

‘नेपालले मोबिलिटीमा यति छिटो परिवर्तन गर्छ भन्ने अपेक्षा कसैले गरेको थिएन,’ उनले भने, ‘तर हामीले उल्लेखनीय प्रगति गरेका छौं र त्यसैलाई प्रस्तुत गर्ने गरी यस वर्षको अटो शोमा प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन ढंगमा प्रदर्शन हुनेछ।’

अध्यक्ष चौधरीका अनुसार यस वर्षको शोमा मोबिलिटी अटो के हो र भविष्यमा कस्तो हुने भन्ने दृष्टिकोण दर्शाउने गरि कार्यक्रम तय गरिएको छ। उनले नाडामार्फत अटो क्षेत्रको वास्तविक ओजन देखाउने लक्ष्य राखिएको उल्लेख गर्दै, विगतका तुलनामा यस वर्ष आमूल परिवर्तनसहित नयाँ प्रविधिको प्रयोग अनुभव गर्न पाइने बताए।

नाडा अटो शो नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी हो, जसमा स्वदेशी तथा विदेशी ब्रान्डका सवारी साधन, प्रविधि र सेवाहरू एकै स्थानमा अवलोकन गर्न सकिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।