‘ताराहरू’ भदौ ६ गतेदेखि प्रदर्शनमा, नयाँ पोस्टर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकार आशान्त शर्माको भावनात्मक रूपमा द्वन्द्वमा परेको लुक्स देखाइएको छ।

पोस्टरमा अभिनेता शर्माको अनुहारमा अशान्ति र मानसिक विचलन स्पष्ट देखिन्छ। पोस्टरमै देखिएकी अभिनेत्री मेनुका प्रधानको उपस्थितिले कथामा केही भिन्नताको आभास दिने संकेत पनि गरेको छ।

गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनी निर्माता रहेको यो चलचित्र वेज प्रालि को ब्यानरमा निर्माण गरिएको हो। फिल्मको निर्देशन निर्देशक शर्मा स्वयंले गरेका छन्।

निर्देशक शर्माका अनुसार ‘ताराहरू’ एक निम्न मध्यम वर्गीय सहरिया परिवारको कथामा आधारित छ। उनले भने, “फिल्ममा नेपाली समाजका संघर्षशील परिवारहरूको जीवन्त कथा प्रस्तुत गरिएको छ।”

फिल्ममा आशान्त शर्मा र मेनुका प्रधानसँगै कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

सामाजिक यथार्थ, परिवारभित्रको द्वन्द्व र व्यक्तिको मानसिक अवस्थालाई चित्रण गर्ने प्रयास गरिएको चलचित्र ‘ताराहरू’ ले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।