बजाजकाे अत्याधुनिक विद्युतीय स्कुटर चेतक ३५०१ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । विश्वको सबैभन्दा लोकप्रिय दुई-पांग्रे तथा तीन-पांग्रे सवारी साधन निर्माता कम्पनी बजाज अटो लिमिटेडले नेपालमा आफ्नो अत्याधुनिक विद्युतीय स्कुटर चेतक ३५०१ सार्वजनिक गरेको छ।

भारतबाहिर पहिलोपटक नेपालमा लञ्च गरिने चेतकको यो नयाँ पुस्ता बजाजको विश्वव्यापी विद्युतीय मोबिलिटी अभियानमा एक महत्त्वपूर्ण कोसेढुङ्गा मानिएको छ। कम्पनीका अनुसार यो स्कुटरले स्वच्छ, दिगो र प्रविधि-मैत्री सवारी समाधानप्रति बजाज अटोको प्रतिबद्धतालाई झल्काउँछ।

चेतक ३५०१ मा ३.५ किलाेवाट/आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटक फुल चार्जमा १५३ किलोमिटरको रेञ्ज प्रदान गर्छ। नेपालका शहरी तथा उपशहरी भौगोलिक बनावटलाई लक्षित गर्दै डिजाइन गरिएको यो मोडेलले स्मार्ट चार्जिङ प्रणालीमार्फत ८० प्रतिशत चार्ज जम्मा ३ घण्टामा सम्पन्न गर्न सक्ने क्षमता राख्छ।

पुरै मेटल बडीमा निर्माण गरिएको स्कुटरआइपी ६७ प्रमाणित वाटर रेसिस्टेन्ट पनि हो, जसले विभिन्न मौसममा समेत उत्कृष्ट प्रदर्शन गर्ने विश्वसनीयता दिन्छ। स्कुटरको फ्लोरबोर्डमा राखिएको नयाँ ब्याट्री डिजाइनले ३५ लिटरको विशाल अन्डर-सिट स्टोरेजको सुविधा दिन्छ, जुन विद्युतीय स्कुटर सेग्मेन्टमै सबैभन्दा ठूलो मानिन्छ।

स्मार्ट प्रविधि पनि चेतक ३५०१ को अर्को विशेषता हो। टेकप्याक एड-अनमार्फत चालकले स्मार्ट टीएफटी टचस्क्रिन कन्सोल, म्याप, म्युजिक कन्ट्रोल, कागजात भण्डारण तथा कल ह्यान्डलिङजस्ता सुविधा प्रयोग गर्न सक्छन्। साथै, रिमोट इम्मोबिलाइजेसन, गाइड-मी-होम लाइट, जियो-फेन्सिङ, एन्टि-थेफ्ट अलार्म र दुर्घटना पहिचान प्रणालीजस्ता अत्याधुनिक सुरक्षा फिचरहरू पनि उपलब्ध छन्।

लञ्च समारोहका अवसरमा बजाज अटो लिमिटेडका एशिया क्षेत्रीय उपाध्यक्ष मनीष थपारले भने, “नेपालमा चेतक ३५०१ को सुरुवातले भारतबाहिर पनि विद्युतीय दुई-पांग्रे सवारीको हाम्रो विकासलाई नयाँ आयाम दिएको छ। यो मोडेल क्लासिक चेतकको सुन्दरतासँगै स्मार्ट प्रविधिको संयोजन हो, जुन आजका प्रविधिमा रुचि राख्ने युवा चालकहरूको आवश्यकता अनुसार तयार पारिएको छ। हामी नेपालमा स्मार्ट र स्वच्छ मोबिलिटीको नयाँ अध्याय सुरु गर्न पाउँदा गर्वित छौं।”

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “बजाज अटोको विश्वसनीय ब्रान्डसँगको हाम्रो लामो साझेदारीमा चेतक ३५०१ को अन्तर्राष्ट्रिय लञ्च नेपालमा हुनु निकै गर्वको कुरा हो। यो स्कुटर स्मार्ट प्रविधि, गुणस्तर र वातावरणीय जिम्मेवारीको उत्कृष्ट मेल हो, जुन नेपाली प्रयोगकर्ताका लागि उपयुक्त छ। हामी विश्वस्त छौं कि यसले नेपालको शहरी यात्राको परिभाषा नै परिवर्तन गर्नेछ।”

चेतक ३५०१ अब काठमाडौंका आधिकारिक डिलरशिपहरूमा बुकिङका लागि उपलब्ध भइसकेको छ। स्कुटरको एक्स-शोरूम मूल्य रु. ३,२४,९०० तोकिएको छ भने डेलिभरी २०२५ बाट सुरु गरिने जानकारी दिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।