मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु: ३ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा पहिलोपटक ६६.३ मेगावाट क्षमताको ‘मध्य कालीगण्डकी जलविद्युत् आयोजना’ निर्माण सुरु भएको छ।

हाइड्रो सपोर्ट कम्पनीले निर्माण थालेको आयोजनाको सुरुङ खन्ने कार्य रसुवा–मल्टी जेभीले विस्फोटक प्रयोग गरी सुरु गरेको हो। अन्नपूर्ण–३ सुकेबगरमा बन्ने बाँधबाट १५१ मिटर तल नौनीबगरमा भूमिगत विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिनेछ।

आयोजनाको लागत १२ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। कुल लगानीमध्ये ७५ प्रतिशत बैंकहरूबाट र बाँकी प्रवर्द्धक तथा सर्वसाधारणबाट जुटाइनेछ।

उत्पादित विद्युत् दानास्थित २२० केभी सवस्टेशनमार्फत केन्द्रिय ग्रिडमा जोडिनेछ। आयोजना ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।