परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई महानिर्देशक बरालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको ३०औं महानिर्देशकको जिम्मेवारी मित्र बराललाई दिएको छ। नवनियुक्त बरालले आइतबार पदबहाली गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।

बरालले आफ्नो पेशागत यात्रा नेपाल टेलिकमबाट बिल्डिङ कन्स्ट्रक्सन इञ्जिनियरको रूपमा सुरु गरेका थिए भने वि.सं. २०५१ सालदेखि जलस्रोत तथा सिँचाइ विभागमा सेवा प्रारम्भ गरेका हुन्। विभाग मातहतका विभिन्न ठूला सिँचाइ आयोजनामा काम गरिसकेका अनुभवी तथा विज्ञ व्यक्तित्वको रूपमा उनी परिचित छन्। बरालसँग यो क्षेत्रमा ३१ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ।

पद बहालीपछि उनले विभागीय कर्मचारीलाई सम्बोधन गर्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिए। “हामीसँग पर्याप्त पूँजी, दक्ष जनशक्ति, सूचना प्रविधि, यातायात सुविधा र परियोजना सम्पन्न गर्न अत्याधुनिक उपकरण छन्,” महानिर्देशक बरालले भने, “यस्तो अवस्थामा आयोजना समयमै सम्पन्न नगर्ने कुनै बहाना मान्य हुनेछैन।”

उनको नेतृत्वमा विभागले आगामी दिनमा समयमै आयोजना सम्पन्न गर्ने कार्यशैलीलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।