काठमाडौं । आज संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने भएको हो।
जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजेबाट सुरु हुने छ। जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट) का प्रतिनिधिहरूसँग छलफल हुनेछ।
साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ। जुन बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ।
Comment