काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित चारवटा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुल ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
क्यापिटलले जानकारी दिएको अनुसार एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्स फण्डले ९.९० प्रतिशत, एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) ले ८.६५ प्रतिशत र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
उक्त लाभांश प्राप्त गर्नका लागि साउन २८ गते (बुधबार) सम्म इकाइधनी बन्नुपर्नेछ, भने लाभांश वितरण प्रयोजनका लागि साउन २९ गते एक दिनका लागि इकाइधनी पुस्तिका बन्द गरिनेछ। क्यापिटलले लगानीकर्ताको हितमा पारदर्शी ढंगले लाभांश वितरण प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।
Comment