काठमाडौं । नेपालमा दिपल ईभीको नयाँ मोडल ‘दिपल एस०७’ सार्वजनिक गरिएको छ ।
नेपालका लागि दिपल इलेक्ट्रिक सवारीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले राजधानीमा आयोजना गरेको एक कार्यक्रमका बीच नयाँ गाडी सार्वजनिक गरेको हो ।
कार्यक्रममा एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया र क्यान सचिव पारस खड्काले संयुक्त रुपमा ‘दिपल एस०७’ को अनावरण गरे ।
सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको यो गाडी अत्याधुनिक डिजाइन र प्रविधिसहित नेपाली बजारमा प्रवेश गरेको हो ।
एमएडब्लु वृद्धिका अनुसार ‘दिपल एस०७’ इलेक्ट्रिक एसयूभीमा उच्च क्षमताको ब्याट्री, उत्कृष्ट रेंज र स्मार्ट फिचरहरू समावेश छन्, जसले उपभोक्तालाई वातावरणमैत्री र भरपर्दो यातायात समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ ।
Comment