इन्टरनेट सेवामा शीर्ष ५ कम्पनीको प्रभुत्व, कसका ग्राहक कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको फिक्स ब्रडब्यान्ड इन्टरनेट बजारमा मुख्य पाँच सेवा प्रदायक कम्पनीले ७२ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार कुल ३२ लाख ४८ हजार ६७४ ग्राहकमध्ये सर्वाधिक ग्राहक संख्या वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडको रहेको छ।

वल्र्डलिंकले १० लाखभन्दा बढी ग्राहक बनाउँदै ३१.१७ प्रतिशत बजार हिस्सा ओगटेको छ। दोस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेडले ३ लाख ६१ हजार ग्राहकसहित ११.१२ प्रतिशत हिस्सा ओगटेको छ भने तेस्रो स्थानमा नेपाल टेलिकम (एनटीसी) रहेको छ, जसको बजार हिस्सा १०.९१ प्रतिशत छ।

चौथो स्थानमा रहेको भायानेट कम्युनिकेसन लिमिटेडको बजार हिस्सा ९.८२ प्रतिशत छ भने पाँचौं स्थानमा सुबिसु केबलनेट लिमिटेड रहेको छ, जसको हिस्सा ९.२१ प्रतिशत छ।

अन्य प्रतिस्पर्धी कम्पनीहरूमा क्लासिक टेक (५.७६%), वेबसर्फर नेपाल (५.४१%), टेकमाइन्ड्स नेटवर्क (३.१३%), सिजी कम्युनिकेसन्स (२.५५%) र वाइफाइ नेपाल (२.४७%) रहेका छन्।

ब्रोडलिंक, फाइबरवर्ल्ड, सजिलो नेट लगायत केही कम्पनीहरूले १–२ प्रतिशतको हाराहारीमा बजार हिस्सा ओगटेका छन्। यसबाहेक एक प्रतिशतभन्दा कम हिस्सा ओगट्ने दर्जनौं साना कम्पनीहरू पनि सक्रिय छन्।

इन्टरनेट सेवा क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहे पनि ठूलो हिस्सा सीमित कम्पनीहरूले ओगटेका छन्। प्राधिकरणका अनुसार सेवा गुणस्तर, मूल्य र पहुँचकै आधारमा बजार हिस्सा निर्धारण हुँदै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।