चलचित्र ‘बुकी’को पोस्टर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोहन केसी निर्देशित नेपाली चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा हिमाली चौर, बुकी फूल र भलिबल खेलिरहेका महिलाहरू देखिएका छन्।

खेलकुद र प्रकृतिबीचको सम्बन्धको कथा बोकेको फिल्म ‘बुकी’मा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की लगायत कलाकारको अभिनय छ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको फिल्मको छायांकन काठमाडौं, पोखरा र ढोरपाटनमा गरिएको हो। सन् २०२६ भित्र प्रदर्शनको तयारी भइरहेको निर्माण टिमले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।