काठमाडौं । अनलाइन यातायात सेवा प्रदायक कम्पनी इनड्राइभले ‘ग्रान्ड पुरस्कार उत्सव’ योजना अन्तर्गत ८८ जना प्रयोगकर्तालाई पुरस्कार प्रदान गरेको छ। कम्पनीले उपत्यका क्षेत्रका नियमित सवारी प्रयोगकर्ताहरूमध्ये भाग्यशाली विजेताहरूको छनोट गरी उपहार वितरण गरेको हो।
इनड्राइभले असार २३ देखि साउन १३ गतेसम्म यो योजना सञ्चालन गरेको थियो। यस अवधिमा सेवा प्रयोग गर्नेहरूमध्येबाट छानिएका प्रयोगकर्ताहरूलाई विशेष पुरस्कार दिइएको कम्पनीले जनाएको छ।
मुख्य पुरस्कार विजेताहरू
यो योजनाअन्तर्गत दुईजना मुख्य विजेताहरू टाटा एक्सप्रेस-टी ईभी – सोफा इनड्राइभ प्रयोगकर्तालाई र टिभिएस रेडर मोटरसाइकल – आफोस ड्राइभरलाई प्रदान गरिएको छ ।
त्यस्तै, अन्य प्रयोगकर्ताहरूलाई निम्न उपहारहरू प्रदान गरिएको छ ।
वनप्लस नर्ड सिई ४ लाइट ५जी मोबाइल फोन – १५ जनालाई, अल्टिमा एटोम १९२ इयरबड्स – ३० जनालाई, अल्टिमा नोभा प्रो स्मार्टवाच – ३० जनालाई प्रदान गरिएको छ ।
इनड्राइभ नेपालको मार्केटिङ प्रमुख ललित शर्मा पौडेलले भने, “हामी नेपाली प्रयोगकर्ताहरूको साथ, भरोसा र सक्रिय सहभागिताबाट निकै उत्साहित छौं। हामी आगामी दिनहरूमा अझै प्रभावकारी सेवा र आकर्षक अफर ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं।”
Comment