सप्तरी । सप्तरी प्रहरीले हवाई फायर गर्दै लागुऔषध कारोबारी दुई जनालाई पक्राउ गरेको छ। डाक्नेश्वरी नगरपालिका–७ मा आज बिहान लागूऔषध नियन्त्रण ब्यूरो र स्थानीय प्रहरीको संयुक्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बडिवीरपुरऔ–१ का विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन्। प्रहरीले पक्राउ गर्ने क्रममा दुई राउन्ड हवाई फायर गरेको थियो।
उनीहरूकाे साथबाट २०० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ। हाल पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Comment