नाइमा मोबिलिटी एक्सपाेमा सार्वजनिक हुँदै एथर रिज्टा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जीको नेपालस्थित आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर रिज्टाको औपचारिक सार्वजनिक घोषणा गर्न लागेको छ। नेपालकै प्रमुख नवप्रवर्तन तथा मोबिलिटी प्रदर्शनी ‘नाइमा एक्स्पो २०२५’ मा आउँदो साउन २१ गते एथर रिज्टा पहिलोपटक सार्वजनिक गरिने भएको हो।

उन्नत प्रविधि, उच्च प्रदर्शन, आकर्षक डिजाइन र पारिवारिक सुरक्षालाई ध्यानमा राखी निर्माण गरिएको एथर रिज्टाले भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको छ। अब यही प्रविधिसँग नेपाली प्रयोगकर्ता पनि जोडिनेछन्। कम्पनीका अनुसार रिज्टा केवल स्कुटर होइन, आधुनिक जीवनशैलीको अभिन्न अङ्ग हो जसले नेपाली सडकमा स्मार्ट, दिगो र सहज यात्राको अनुभूति दिन्छ।

वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यका अनुसार एथर रिज्टा स्मार्ट मोबिलिटी समाधानको रूपमा प्रस्तुत गरिएको हो, जुन विशेषगरी नेपाली परिवार र सहरी यात्रुका लागि उपयोगी हुनेछ। उनले भने, “४५० सिरिजमा आधारित प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै हामी नेपालमा दिगो यातायातको क्रान्तिमा अगुवाइ गर्न चाहन्छौं।”

एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ। यसमा शक्तिशाली मोटर, लामो रेञ्ज दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी सिस्टम, थप स्टोरेज क्षमता लगायतका अत्याधुनिक विशेषता समावेश गरिएका छन्।

नाइमा एक्स्पो २०२५ का आगन्तुकहरूले एथर रिज्टाको प्रत्यक्ष अनुभव लिन, विस्तृत जानकारी प्राप्त गर्न र अन-स्पट बुकिङ गर्न सक्नेछन्। कम्पनीले यस स्कुटरको आगमनले नेपाली बजारमा एथर ब्रान्डको उपस्थिति थप सशक्त बनाउने र ग्राहकलाई इलेक्ट्रिक सवारीप्रति आकर्षित गराउने विश्वास व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।