वैदिक विधिअनुसार विदेशमै रहेका लागि नेपालमा दैनिक यज्ञ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैदिक विधिअनुसार विदेशमा रहेका व्यक्तिहरूको ग्रहदशा शान्तिका लागि नेपालमा दैनिक यज्ञ सञ्चालन भइरहेको छ। दक्षिणकाली–१, बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा ५१ जना वैदिक पण्डितद्वारा दुई महिनादेखि यज्ञ हुँदै आएको हो।

नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरले जर्मनीलगायत विभिन्न देशबाट अनलाइनमार्फत आएको अनुरोधमा यज्ञ गराउँदै आएको हो। ब्रह्मानन्द सरस्वतीका अनुयायी महर्षि महेश योगीका भक्तहरूको सहयोगमा शान्तिको संकल्पसहित यज्ञ सञ्चालन गरिएको हो।

१८१ जना पण्डित संलग्न यज्ञ बिहान भावातीत ध्यानपछि सुरु हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले बताए। उनले चम्पादेवीस्थित ग्राममा स्थापत्यवेदअनुसार निर्मित यज्ञशाला, गौशाला र विषादीरहित वैदिक खेती पनि भइरहेको जानकारी दिए।

धार्मिक पत्रकार संगठन रेक्जोनसँगको अन्तरक्रियामा बाँस्कोटाले धर्म र संस्कृतिका विषयमा सकारात्मक पत्रकारिता गर्न प्रेरणा दिए। कार्यक्रममा ध्यान शिक्षकहरूले भावातीत ध्यानको अभ्यासले मानसिक शान्ति र सकारात्मक जीवनमा योगदान पुर्‍याउने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।