बजेट कार्यान्वयनबारे विभागीय मन्त्रालयसँग अर्थले थाल्यो छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन प्रक्रिया तीव्र बनाउने उद्देश्यले मन्त्रालयगत छलफल सुरु गरेको छ। उक्त छलफलको प्रारम्भिक चरणअन्तर्गत आज अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग बैठक सम्पन्न गरेको छ।

छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै आयआर्जन तथा रोजगारीका अवसर सिर्जना गर्ने विषयमा प्राथमिकता दिइएको थियो। भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण, सीपमूलक तालिम तथा उत्पादित वस्तुहरूलाई बजारसँग जोड्ने रणनीतिबारे विस्तृत छलफल गरिएको छ।

यसबाहेक, काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्ने प्रस्तावमा पनि छलफल भएको छ। यो कदमले राजधानीको प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। स्थानान्तरण हुने उद्योगहरूलाई विशेष सहुलियत दिने विषयमा पनि नीतिगत तयारी गरिने संकेत दिइएको छ।

छलफलका क्रममा झापा, मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माण, भारत, चीनलगायत अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्तरको गुणस्तर प्रयोगशाला स्थापनाबारे समेत गम्भीर संवाद भएको छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरे लगायत उच्चस्तरीय पदाधिकारीको उपस्थिति रहेको थियो।

अर्थ मन्त्रालयले आगामी दिनहरूमा अन्य मन्त्रालय तथा विभागहरूसँग पनि क्रमशः बजेट कार्यान्वयन सम्बन्धी छलफल जारी राख्ने जनाएको छ। यसले बजेट कार्यान्वयनमा समन्वय, प्रभावकारिता र गति ल्याउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।