काठमाडौं । हुन्डाई सवारीसाधनहरूको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेताको औपचारिक घोषणा गरेको छ।
उक्त अफरअन्तर्गतको बम्पर उपहार नयाँ हुन्डाई भेन्यू १.२ गाडी कुवेरा कन्स्ट्रक्सन प्रलिले जितेको हो। विजेताको घोषणा २०८२ साउन १५ गते (२०२५ जुलाई ३१) मा हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो।
उक्त घोषणा कार्यक्रममा हुन्डाईका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कन्जुमर आई नेपालकी अध्यक्ष बिमला खनालको उपस्थितिमा विजेता छनोट प्रक्रिया सम्पन्न भएको थियो।
उक्त अवधिमा हुन्डाईले आफ्ना ग्राहकहरूलाई थुप्रै आकर्षक अफरहरू उपलब्ध गराएको थियो। यो योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न प्रकारका लाभहरू प्राप्त गर्न सकेका थिए।
जसमध्ये मुख्य लाभहरूमा आकर्षक नगद छुट, रु १ लाखसम्मको पुरस्कार जित्ने अवसरसहितको स्क्र्याच कार्ड, एक वर्षको सडक कर निःशुल्क सुविधा, एक वर्षको कम्प्रिहेन्सिभ बीमा योजना, साथै पुरानो गाडी साट्दा प्रदान गरिने विशेष एक्सचेञ्ज बोनस समावेश थिए। यी सबै सुविधाले गर्दा ग्राहकहरूको यो योजना प्रतिको चासो र सहभागिता उल्लेखनीय रूपमा बढेको थियो।
यस्ता अफरहरू उपलब्ध गराउँदै गरिएको यो क्याम्पेनमा देशभरबाट उत्साहजनक सहभागिता देखिएको कम्पनीले जनाएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार, यो अभियान हुन्डाई नेपालद्वारा सञ्चालन गरिएका सबैभन्दा सफल मौसमी योजनामध्ये एक बनेको छ।
‘फेस्टिभ डिलाइट २०८१’ अभियान नेपालका सबैभन्दा ठूला चाडपर्व दशैं र तिहारको अवसरमा सञ्चालन गरिएको थियो। यो योजना २०८१ भदौ ६ देखि कात्तिक २२ गते ९२२ अगस्टदेखि ८ नोभेम्बर २०२४० सम्म लागू गरिएको थियो।
Comment