अब सेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र चाहिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अबदेखि सेयर बजारमा खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुनेछ। नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान ग्राहक पहिचान (केवाईसी) प्रक्रिया सुधार गर्दै यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ व्यवस्था अनुरूप सवै ब्रोकर तथा कारोबार सदस्यहरूलाई खाता खोल्दा ग्राहकको राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्यरूपमा लिने सूचित गरेको छ। यसले अब ग्राहकले ग्राहक पहिचान (केवाईसी) फारम भर्दा नागरिकताको सट्टा राष्ट्रिय परिचय पत्र प्रयोग गर्नुपर्नेछ।

यसअघि ग्राहक पहिचान (केवाईसी) फारम नागरिकता प्रमाणपत्रका आधारमा भरिँदै आएको थियो। तर, अब नागरिकताको सट्टा राष्ट्रिय परिचय पत्रको प्रयोगले ग्राहक पहिचान प्रक्रिया अझ सरल, छिटो र डिजिटल हुने अपेक्षा गरिएको छ।

यो नयाँ व्यवस्था केवल नयाँ खाता खोल्नेहरूका लागि मात्र नभई, पहिले नै कारोबार व्यवस्थापन प्रणाली  प्रयोग गरिरहेका लगानीकर्ताहरूका लागि पनि लागू हुनेछ। उनीहरूले समेत अब आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउनुपर्नेछ।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले पहिले नै राष्ट्रिय परिचय पत्रलाई अनिवार्य बनाइसकेका छन्। अब धितोपत्र बजारमा पनि यस प्रणालीको कार्यान्वयनले डिजिटल वित्तीय सेवा, पारदर्शिता र डेटा व्यवस्थापनमा थप सुधार आउने विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।