एजेन्सी । दक्षिण कोरियाली अर्बपति जे वाइ लीको स्वामित्वमा रहेको सामसङ इलेक्ट्रोनिक्सले अमेरिकी कम्पनी टेस्लासँग चिप निप निर्माणका लागि १६.५ (२३ खर्ब ८ अर्ब ५१ करोड ६६ लाख ५० हजार नेपाली रुपैयाँ बराबर) बिलियन अमेरिकी डलरको बहुवर्षीय सम्झौता गरेको छ ।
टेस्लाका मालिक एलन मस्कले यसबारे हालै आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन् । टेस्लाका लागि अब सामसङले अब ‘नेक्स्ट जेनेरेसन एआई६ इनफेरेन्स चिप’ उत्पादन गर्ने बताइएको छ ।
जसले ह्युमनाइड रोबोट, सेल्फ ड्राइभिंग कार र एआई डेटा सेन्टरहरु बनाउने छ । एलन मस्कका अनुसार चिपको निर्माण अमेरिकाको टेक्ससस्थित सामसङको कारखानामा गरिनेछ । र यसको उत्पादन कार्य २०२६ देखि सुरु गर्ने पनि एलन मस्कले बताएका छन् ।
एलन मस्कले सामाजिक संजालमा यसबारे जानकारी दिनुभन्दा केही घन्टाअघि मात्रै चिप निर्माणका लागि १६.५ बिलियन डलरको सम्झौता गरिएको घोषणा गरेको थियो । यद्यपि सामसङले कुन कम्पनीसँग सम्झौता गरेको भन्ने उल्लेख गरेको थिएन । उक्त सम्झौता २०३३ को अन्त्यसम्म कायम रहने पनि बताइएको छ ।
सोमबार नयाँ सम्झौताबारे जानकारी दिएसँगै कोरियन स्मार्टफोन तथा चिप मेकर कम्पनी सामसङको सेयर ७ प्रतिशतले वृद्धि भएको थियो ।
यस सम्झौताले चिप उत्पादनमा घाटा बेहोरिरहेको सामसङको व्यापारमा वृद्धि हुने पनि अपेक्षा गरिएको छ । यससँगै सामसङले उन्नत चिप बनाउन नसक्दा चिपका लागि प्रमुख बजार मानिने ताइवान सेमिकन्डक्टर मेनुफेक्चरिंग सेन्टरको बजारमा घाटा बेहोर्दैआएको छ ।
जवकि ताइवानमा एप्पल र निभिडिया ६७ प्रतिशत बजार हिस्सासहित सामसङभन्दा अगाडि छन् । सामसङको ताइवानको चिप उद्योगमा ८ प्रतिशत मात्रै बजार छ । यस महिनाको सुरुमा उक्त कम्पनीले दोस्रो त्रैमासिक संचालन नाफा ५६ प्रतिशत अपेक्षा गरेको थियो । जुन अपेक्ष भन्दा पनि खराब भयो ।
तर दोस्रो त्रैमासमा आफ्नो अपरेटिंग घाटा कम हुँदा पछिल्लो समय विस्तारै माग पनि बढ्दो क्रममा रहेको सामसङले जनाएको छ । अप्रिलमा भने यस कम्पनीले २नानोमिटर प्रोसेस प्रविधिको प्रयोग गर्दै आम रुपमा चिप निर्माणको लक्ष राखेको जनाएको छ।
Comment