नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद सेयर निष्काशन अनुमति दिएको छ ।

बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन अनुमति दिएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद सेयर निष्काशन गर्न साउन १५ गते बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।