गरिमा समृद्धि योजनाको लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ले इकाईधनीहरूलाई ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

साउन १५ गते बसेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांशमा कर समेत समावेश गरिएको कम्पनीले जानकारी दिएको छ।

लाभांश वितरणका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरू लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

गरिमा समृद्धि योजना देशभरका लगानीकर्ताबीच लोकप्रिय म्युचुअल फण्ड योजनामध्ये एक हो, जसले अघिल्ला वर्षहरूमा पनि नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।