खानी खोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत बराबरको १स्१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। यसले गर्दा कुल ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको पुँजी संकलन गर्ने लक्ष्य राखिएको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र आवेदन दिन योग्य हुनेछन्।

कम्पनीको अनुसार, हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद भदौ २३ गते तोकिएको छ।

हाल खानी खोला हाइड्रोपावरको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्काशन तथा बाँडफाँटपछि यो बढेर ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।