गुन्डानाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा कुख्यात गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) सहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरूलाई आपराधिक गतिविधि बढाउने र नागरिक तथा व्यवसायीलाई तर्साउने काममा संलग्न देखिएपछि पक्राउ गरिएको हो।

प्रहरीका अनुसार अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको संयुक्त टोलीले राति अपरेसन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यसअघि बुधबार राति अर्का गुन्डानाइके युवराज गुरुङ उर्फ ‘सानुभाइ’ लाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।