काठमाडौं । अभिनेता नाजिर हुसेन मुख्य भूमिकामा रहेको फिल्म ‘गुन्यु चोलो: द ड्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ।
समुन्द्र भट्ट निर्देशित फिल्म पारलैंगिक (ट्रान्सवुमन) पात्रको संघर्षमा आधारित छ, जसमा नाजिरले आफ्नै लैंगिक पहिचान खोज्ने पात्रको भूमिका निर्वाह गरेका छन्। ट्रेलरमा उनले आफ्नो पहिचान स्वीकार्न संघर्ष गर्ने, बुवासँगको तनाव, र घर छोड्ने निर्णयको कथा देखाइएको छ।
चलचित्र आगामी भदौ १३ गते प्रदर्शनमा आउँदैछ। नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, शिशिर राणा, अनुपम श्रेष्ठलगायतको अभिनय छ।
अमेरिकाको बफेलो एट्ले ले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ भने हलिउड गायिका लिजा जेरार्ड ले स्वर दिएकी छन्। फिल्म नेपाली र हलिउड प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो।
Comment