नेपाली बजारमा भित्रियो आइएम-६ के के छन् विशेषता, कति पर्छ मूल्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता आइएम मोटर्स को नयाँ प्रिमियम कुपे इलेक्ट्रिक एसयुभी आइएम–६ नेपाली बजारमा सार्वजनिक गरिएको छ।

नेपालका लागि आइएम मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स ले बिहीबार आइएम–६ नेपाली बजारमा भित्र्याएको हो। कम्पनीका अनुसार यस गाडीलाई आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक रूपमा प्रदर्शन गरिनेछ।

डिजाइन, पर्फमेन्स र प्रविधिमा अत्याधुनिक विशेषतासहित आएको आइएम–६ ले हाल नेपाली बजारमा उपलब्ध डिपाल एस–०७ र बिवाइडी सिलायन ७ सँग सिधा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। कुपे शैलीको डिजाइन, मस्कुलर प्रोफाइल र उच्चस्तरीय लक्जरी तथा स्मार्ट फिचरले यसलाई प्रतिस्पर्धी मोडेलहरूभन्दा पृथक बनाउने कम्पनीको दाबी छ।

आइएम मोटर्स एसएआईसी मोटर, अलिबाबा ग्रुप र ह्यान्जिङ हाईटेक को संयुक्त लगानीमा स्थापित कम्पनी हो। आइएम–६ मा २१६ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले अधिकतम ४५० एनएम टर्क उत्पादन गर्न सक्छ। गाडीमा ७५ किलोवाट–आवर क्षमताको ब्याट्री रहेको छ, जसले एकपटकको चार्जमा अधिकतम ५ सय किलोमिटर सम्मको दायरा दिने बताइएको छ।

लक्जरी फिचरका रूपमा गाडीमा २० स्पिकरको सराउन्ड साउन्ड सिस्टम, म्यासेज सिट, र त्रिकोण स्क्रिन सेटअप रहेको छ। सुरक्षात्मक प्रविधिमा भने गाडी उच्चस्तरीय देखिन्छ। यसमा एसएआईसीको डिजिटल च्यासिस ‘लिजार्ड प्ल्याटफर्म’ समावेश गरिएको छ, जसमा एनभिडिया ड्राइभ ओरिन, क्वालकम स्न्यापड्रागन एसए–८२९५पी, र हाई–प्रिसिजन लिडार प्रयोग गरिएको छ।

त्यस्तै, ३ सय वटा पार्किङ सेन्सरसहितको अटो पार्किङ असिस्ट सिस्टम र कम्पनीको अनुसार मानव चालकभन्दा ६.७ गुणा सुरक्षित एडी स्मार्ट ड्राइभिङ असिस्ट सिस्टम पनि गाडीमा जडान गरिएको छ।

प्यारामाउन्ट मोटर्सले आइएम–६ को प्रारम्भिक मूल्य रु ७४ लाख ९९ हजार निर्धारण गरेको छ। मूल्य तथा प्रविधिका हिसाबले यो गाडी नेपाली इलेक्ट्रिक एसयुभी बजारमा नयाँ प्रतिस्पर्धा र उर्जा थप्ने अनुमान गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।