ट्राफिक कारबाही: दुई करोड ४१ लाख राजस्व सङ्कलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा रु दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको छ।

उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो।

आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर रु तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन भएको थियो। मकवानपुरमा आव २०८१/८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।